Home मुख्य समाचार मकवानपुरमा स्थानीय तहबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको फारम भर्न सकिने

मकवानपुरमा स्थानीय तहबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको फारम भर्न सकिने

पत्रकार सम्मेलनमा बोल्नुहुँदै मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे ।

हेटौंडाः मकवानपुरको १० वटै स्थानीय तहबाट राहदानी र राष्ट्रिय परिचयपत्रको विद्युतीय फारम निःशुल्क भर्न सकिने भएको छ । मकवानपुरका सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयले पालिकाबाटै फारम भर्ने व्यवस्था मिलाइएको केहीदिन अघि मात्रै प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्नुभएका राजेन्द्र देव पाण्डेले जानकारी गराउनु भयो ।

बिहीबार पत्रकार सम्मेलन गर्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले २१ गते स्थानीय तहका प्रमुख र अधिकृतहरुसँगको छलफलपछि यस्तो निर्णय गरिएको र सहमति अनुसार जिल्ला प्रशासन कार्यालयमा हुने भीडभाडलाई कम गर्न भोलि (शुक्रबार) बाटै राहदानीको विद्युतीय फारम भरिने जानकारी दिनुभयो । यस्तै राष्ट्रिय परिचयपत्रको फारम साउन १ गतेबाट स्थानीय तहमा सञ्चालनमा आउने जानकारी गराउनु भयो ।

Exit mobile version