Home मुख्य समाचार आज ८ वटा मन्त्रालयको बजेट माथि छलफल हुने

आज ८ वटा मन्त्रालयको बजेट माथि छलफल हुने

फाइल तस्वीर ।

हेटौंडाः बागमती प्रदेशको प्रदेश सभा बैठक आज बिहान ११ बजेबाट बस्दैछ । आज प्रदेश सरकारद्वारा प्रदेश सभामा पेश भएको वर्ष २०७९÷८० को विनियोजन विधेयक माथिको छलफलमा ८ वटा मन्त्रालयहरुको बजेटको विषयमा छलफल हुँदैछ ।

बिहान ११ बजे बस्ने बैठकमा सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सभा सचिवालय, लोक सेवा आयोग र प्रदेश नीति तथा योजना आयोगको बजेटमा छलफल हुनेछ ।

Exit mobile version