Home मुख्य समाचार ९५७ कैदीबन्दी रहेको भीमफेदीस्थित कारागारमा उच्च सतर्कता

९५७ कैदीबन्दी रहेको भीमफेदीस्थित कारागारमा उच्च सतर्कता

मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागार

हेटौंडाः भीमफेदीस्थित कारागारका कैदीबन्दीमा कोरोना भाइरसको संक्रमण नहोस् भनी कारागार कार्यालयले पर्याप्त सतर्कता अपनाएको कारागार प्रमुख प्रकाश खनालले जानकारी दिनुभएको छ ।
एक हजार एक सय कैदीबन्दी राख्न सक्ने क्षमता भएको भीमफेदी कारागारमा अहिले ९ सय ५७ जना कैदीबन्दी रहेको जानकारी दिनुहुँदै सबैलाई एक/एक थान साबुन वितरण गर्नुका साथै एक दिन बिराएर ज्वारो नाप्ने कार्य भइरहेको, कैदीबन्दीलाई परिवार र आफन्तसँग भेटघाटमा निषेध गरिएको, कारागारमा बाहिरका व्यक्ति या वस्तुको सम्पर्कमा न्यूनीकरण गर्नुका साथै कामका सिलसिलामा कारागार पुग्ने बाहिरका व्यक्तिलाई हात धोएर स्यानिटाइजर, मास्क लगाएर मात्रै कारागार क्षेत्रमा प्रवेश गराइएको कारागार प्रमुख खनालले बताउनुभयो । कारागारमा तीन वटा इन्फ्रारेड थर्मोमिटर रहेको र थर्मोमिटर थप गर्ने प्रयास भइरहेको खनालले जानकारी दिनुभयो । कुनै कैदीबन्दीमा कोरोना संक्रमणको आशंका हुने लक्ष्य देखिए क्वारेन्टाइनमा राख्न दुईवटा कोठा तयार पारिएको उहाँले बताउनुभयो । कारागार नजिकै प्राथमिक स्वास्थ्य कार्यालय रहेकोले कुनै किसिमको समस्या तत्काल स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था समेत हुनुले कारागार कार्यालय ढुक्क रहेको बताइएको छ ।

Exit mobile version