Home खेलकुद थाहाको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आज सकिँदै

थाहाको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आज सकिँदै

हेटौंडाः मकवानपुरको थाहा नगरपालिकामा जारी राष्ट्रपति रनिङशिल्ड तथा मेयर भलिबल प्रतियोगिता आज सोमबारबाट सकिँदैछ । प्रतियोगिता आईतबार नै सकिनुपर्ने कार्यतालिका रहेपनि भलिबलका खेल सम्पन्न नहुँदा आज सोमबार मात्र सम्पन्न हुने आयोजक विद्यालय जनकल्याण माध्यामिक विद्यालयका प्रधानाध्यापक सानुभाई कार्कीले जानकारी दिनुभयो ।

प्रतियोगिता अन्र्तगत भलिबल बाहेक अरु विधाका सबै खेल सम्पन्न भईसकेको छ । प्रतियोगिता अन्र्तगत आयोजक विद्यालय जनकल्याण माविले १२ स्वर्ण, १० रजत र पाँच कास्य जितेको छ । यस्तै झम्केश्वरी माविले चार स्र्वण र तीन कास्य जितेको छ । यस्तै बज्रबराही माविले तीन स्र्वण, चार रजत र दुई कास्य जितेको छ ।

भलिबल प्रतियोगिता अन्र्तगत पुरुषतर्फका खेलमा सोमबार बिहान आयोजक विद्यालय जनकल्याण मावि र सुन्दरीदेवी मावि भिड्नेछन् । शुक्रबारबाट सुरु भएको प्रतियोगितामा थाहाका १५ विद्यालयले सहभागिता जनाएको थियो ।

Exit mobile version