Home कला विभूति अधिकारीको कृति “अद्भुत इन्द्रेणी” विमर्श

विभूति अधिकारीको कृति “अद्भुत इन्द्रेणी” विमर्श

हेटौंडाः बुधबार नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रिय समिति, हेटौंडाको आयोजनामा विभूति अधिकारीको कृति “अद्भुत इन्द्रेणी” खण्डकाव्य कविता विमर्श कार्यक्रम भएको छ । पुरुषोत्तम आचार्यले सहजीकरण गर्नुभएको कार्यक्रममा मुना अर्याल र घनश्याम घिमिरेले बहस गर्नुभएको थियो ।

बहसकर्ताहरुले बालकविलाई प्रोत्साहन गर्दै लानुपर्ने बताएका छन् । अध्ययनशिल र लेखनलाई दख्खल राख्न लेखक आफैंले ध्यान दिन बहसकर्ताहरुले आग्रह गरेका छन् । नवसर्जक साहित्य चौतारी नेपालकी अध्यक्ष प्रशन्ना चौलागाइँको सभाध्यक्ष तथा वरिष्ठ हाँस्यकार आरसी रिजालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

सिद्वार्थ शिशु सदन, धनगढीमा कक्षा ९ मा अध्ययनरत् बालकवि अधिकारीले २०७७ सालमा “अद्भुत इन्द्रेणी” कृति प्रकाशित गर्नुभएको छ । विभिन्न पत्रपत्रिकामा फुटकर कविताहरु प्रकाशित गर्दै आउनु भएको अधिकारी नवसर्जक साहित्य चौतारी नेपालको उपाध्यक्ष हुनुहुन्छ । २०७६ सालमा नयाँ युवा नयाँ सोच वक्तृत्वकला प्रतियोगितामा तृतीय, २०७७ सालमा साहित्य सुधा नेपाल कविता प्रतियोगितामा द्वितीय, विकल बाल प्रतिभा पुरस्कार र साहित्य संगम नुवाकोट कविता प्रतियोगितामा अधिकारी प्रथम हुनुभएको छ । २०६३ साउन ५ गते जन्मिनु भएका अधिकारी साहित्य क्षेत्रमा आफ्ना कलम चलाउँदै आउनुभएको छ ।

Exit mobile version