Home मुख्य समाचार मनहरीमा सिडिओको सामाजिक लेखा परीक्षण

मनहरीमा सिडिओको सामाजिक लेखा परीक्षण

मनहरीः प्लान नेपालको सहयोग, मनहरी गाउँपालिकाको समन्वय तथा सामुदायिक विकास संस्था (सिडिओ) नेपाल, मकवानपुरको आयोजनामा मनहरीमा सञ्चालित परियोजनाको सामाजिक लेखा परीक्षण गरिएको छ । सिडिओ नेपालका कार्यक्रम संयोजक अर्जुन खड्काले बिहीबार आर्थिक वर्ष २०७७/७८ मा भएको कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।

मनहरीलाई प्राथमिकतामा राखेर संस्थाले नमुना कक्षाकोठा निर्माण, विद्यालय मर्मत सम्भार, शिक्षामा आपतकालिन योजना, शिक्षक–अभिभावक तालिम, इसिडि शिक्षक तालिम जस्ता कार्यक्रम सञ्चालन गरिएको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ मा पालिकाका विभिन्न विद्यालयमा २५ वटा नमुना कक्षा निर्माण गरेको छ । विभिन्न कार्यक्रम सञ्चालन गर्दा गत आर्थिक वर्षमा ४३ लाख ५२ हजार ६ सय २ रुपैयाँ खर्च भएको छ ।

कार्यक्रममा सहभागी शिक्षकहरुले विद्यालयमा विपन्न वर्गका विद्यार्थीका लागि आपतकालिन शिक्षा योजना कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव राखेको छन् । घरमा विभिन्न विपद्का घटना घटे पनि विद्यार्थीले पढ्न पाउने गरी योजनाहरु ल्याउनुपर्ने सुझाव राखेका छन् । विद्यालयहरुमा व्यवस्थित नमुना कक्षाकोठाको संख्या बढाउनुपर्ने शिक्षकहरुले सुझाव राखेका छन् । कार्यक्रममा मनहरी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष अनन्त प्रकाश अर्याल, ५ नम्बर वडाका वडाध्यक्ष दिपेन्द्र अधिकारी, गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरिचन्द्र सापकोटाको उपस्थिति रहेको थियो ।

Exit mobile version