Home मुख्य समाचार राप्रपा मकवानपुर क्षेत्र नम्बर १“ख” को संयोजकमा थापा

राप्रपा मकवानपुर क्षेत्र नम्बर १“ख” को संयोजकमा थापा

हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुर जिल्ला क्षेत्र नम्बर १“ख” को संयोजकमा उमेश थापा चयन हुनु भएको छ । आईतबार हेटौंडामा सम्पन्न भेलाले थापाको संयोजकत्वमा ३५ सदस्यीय क्षेत्रीय कमिटी गठन गरेको हो ।

कमिटीको सदस्यहरूमा पशुपति हटुवाल, ईश्वर फुँयाल, भरत ढकाल, रोमी श्रेष्ठ, सुदीप शाक्य, कञ्चन सापकोटा, सरीता अर्याल, बाला चौलागाइँ, सरोज अर्याल, बुद्धकृष्ण मानन्धर, अशोक जोशी, जानुका दुवाडी, उद्धव रिमाल, दीपुलाल सुनार, रवि यादव र लालबहादुर लामा चयन हुनुभएको छ । यसैगरी विकास दुलाल, रिजन लामिछाने, मिनलाल श्रेष्ठ, लवती खड्का, डम्बर बहादुर बल, भीम थोकर, प्रकाश देवकोटा , राजन अधिकारी, विनोदकुमार थापा, शिवहरि बस्नेत, अनिल अर्याल, विरेन्द्र श्रेष्ठ, प्रकाश बल लामा, राजेश श्रेष्ठ र सुवास कार्की सदस्यमा चयन हुनु भएको छ ।

स्थानीय तहको निर्वाचन पछि राप्रपाले मकवानपुर जिल्लामा संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ । संयोजक उमेश थापाले छोटो समयमै उपस्थित सम्पूर्ण राष्ट्रबादीहरुमा विश्वास जित्न सकेको भन्दै सबै नव निर्वाचित कार्यसमितिका बधाई तथा शुभकामना दिनुभयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी अझ उचाईमा पुर्याउन सबैले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

Exit mobile version