Home मुख्य समाचार राप्रपा मकवानपुरको १७ सदस्यीय सचिवालय, प्रवक्तामा डोटेल

राप्रपा मकवानपुरको १७ सदस्यीय सचिवालय, प्रवक्तामा डोटेल

राप्रपा जिल्ला समितिको बैठकमा सहभागीहरु ।

हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको सचिवालय गठन गरिएको छ । सोमबार बसेको जिल्ला समितिको बैठकले पार्टी अध्यक्ष शिवराम थापाको अध्यक्षतामा १७ सदस्यीय सचिवालय गठन गरिएको जनाएको छ । यस्तै पार्टीले आयुष डोटेललाई पार्टी प्रवक्ता चयन गरेको छ ।

आयुष डोटेल ।

सचिवालयमा उपाध्यक्षहरु सागर थापा, इन्दिरा न्यौपाने, ज्ञानेन्द्र ढुङ्गेल, अर्जुन प्रसाद गौतम, राजु संजेल, कविन्द्रराज भट्टराई, शंकर सिंह ठकुरी, सचिव विजय सिंह ठकुरी, आयुष डोटेल, सह–सचिव कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्ष गोपीप्रसाद न्यौपाने, सह–कोषाध्यक्ष सन्दिप सापकोटासहित भिम प्रसाद गौतम, गीता कार्की, नवराज थपलिया, काजिमान तितुङ रहनुभएको छ ।

यस्तै अनुगमन तथा मुल्याङ्कन समितिमा दीपक बहादुर सिंह, नवराज विष्ट, रामहरी न्यौपाने, रामबहादुर थोकर र गुञ्ज बहादुर न्यौपानेलाई चयन गरेको छ । बैठकले विभिन्न विभागको जिम्मेवारी पनि तोकेको छ । बैठकले यातायात क्षेत्रमा ऋषिलाल श्रेष्ठ, खानेपानी तथा सिँचाईमा यज्ञप्रसाद कँडेल, विद्युत तथा सहकारीमा कविन्द्र राज भट्टराई, शिक्षामा सागर थापा, वन तथा सामुदायिकमा ज्ञानेन्द्र ढुङ्गेल, प्रहरीमा राजु सञ्जेल, महिला, बालबालिका, अपाङ्गतामा इन्दिरा न्यौपाने, ज्येष्ठ नागरिकमा सिताराम बर्तौला, गैरसरकारी संस्थामा शंकर सिंह ठकुरी, मालपोतमा अर्जुन गौतम र कृषि तथा पशुमा यदुनाथ तिमल्सिनालाई जिम्मेवारी दिइएको छ ।

न्यायिक क्षेत्रमा रघुनाथ खराल, नेल्सन घलान र गीता कार्कीलाई जिम्मेवारी दिएको छ भने जिल्ला प्रशासनमा कृष्ण हुमागाई, स्वास्थ्य तथा रेडक्रसमा विजय सिंह ठकुरीलाई जिम्मेवारी दिइएको प्रवक्ता आयुष डोटेलले जानकारी दिनुभयो ।

Exit mobile version