Home अर्थ/व्यापार यामाहाको एफजेड एक्स हेटौंडामा

यामाहाको एफजेड एक्स हेटौंडामा

हेटौंडाः यामाहा कम्पनिको मोटरसाइकल एफजेड एक्सको हेटौंडामा पनि बिक्री सुरु भएको छ । बुधबार एक कार्यक्रमका बीच यामाहा मोटरसाइकलको हेटौंडाका लागि आधिकारिक विक्रेता राज मोटर्सले एफजेड एक्स सार्वजनिक गरी बिक्री सुरु गरेको हो ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले मोटरसाइकलको कभर खोलेर हेटौंडामा एफजेड एक्सको बिक्री सुरुवात गर्नुभएको हो । क्लासिक डिजाइनलाई आधुनिक प्रविधिसँग संयोजन गरी एफजेड एक्स मोटर तयार पारिएको प्राविधिकको भनाइ छ । ब्लुटुथमार्फत मोबाइल फोनलाई एफजेड एक्सको डिजिटल डिस्प्लेमा हेर्न सकिने राज मोटर्सका सञ्चालक राजन श्रेष्ठले जानकारी दिनुभयो । १५० सीसीको मोटरसाइकलले प्रतिलिटर ५० देखि ५५ किलोमिटरको यात्रा गर्न सकिने दावी कम्पनिको छ ।

Exit mobile version