हेटौंडाः कैलाश गाउँपालिकामा गाउँ कार्यपालिका सदस्य निर्वाचन सकिएको छ । आज मंगलबार भएको निर्वाचनले ६ जना गाउँ कार्यपालिका सदस्य चयन गरेको हो ।
कार्यपालिकाको महिला सदस्यमा नेपाली कांग्रेसबाट गौरी माया ब्लोन(३४), दिलमाया प्रजा(३४) र नेकपा माओवादी केन्द्रबाट राम माया प्रजा(३४) र सम्झना गोले(३४) मत प्राप्तगरि निर्वाचित भएका छन् । यस्तै, दलित वा अल्पसंख्यक सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार सुन्तली सुनार(३२) नेकपा माओवादी केन्द्रका वुद्धीलाल सुनार(३१) मत प्राप्तगरि निर्वाचित भएका छन् ।
