Home खेलकुद जेठ १९ गतेदेखि शहीद स्मृति चौथो मकवानपुर गोल्डकप फुटबल

जेठ १९ गतेदेखि शहीद स्मृति चौथो मकवानपुर गोल्डकप फुटबल

हेटौंडाः हेटौंडामा स्थानीय तह चौथो शहीद स्मृति गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । जेठ १९ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताबारे बिहीबार पत्रकार सम्मलेन गरेर जानकारी गराएको छ ।

प्रतियोगितामा ए डिभिजन क्लबसहित १० वटा टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक प्रताप विष्टले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने टिमले नगद १५ लाख रुपैयाँ प्राप्त गर्ने छ । उपविजेता टिमले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ । उत्कृष्ट फरवार्ड, डिफेन्डर, गोलकिपर, कोच र स्कोररले जनही २५ हजार रुपैयाँ प्रप्त गर्ने छन् ।

मकवानपुरका स्थानीय तहहरुको लगानीमा हुने प्रतियोगिताको लागत १ करोड १७ लाख रुपैयाँ अनुमान गरिएको छ । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा प्रतियोगिता आयोजना हुनेछ । पत्रकार सम्मेलनमा मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीको पनि उपस्थिति रहेको थियो ।

Exit mobile version