हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकास्थित पशुपतिनाथ माविमा बिहीबार पढाई महोत्सव आयोजना गरिएको छ । बालबालिकालाई अध्ययनमा रुचि बढाउनका लागि पढाई महोत्सव आयोजना गरिएको हो ।
पढाई महोत्सवमा सहभागी विद्यार्थीले चित्र बनाउने, सजावट गर्ने र मनपर्ने किताव छानेर पढ्ने अवसर पाएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतम, मनहरी–४ का निवर्तमान वडाध्यक्ष ध्रुब खड्का, विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यलगायत शिक्षकहरुको सहभागिता रहेको थियो ।
विकासका लागि सहयोग र सहकार्य नेपाल (हेल्पकोड) ले आयोजना गरेको कार्यक्रममा बालबालिकाको रुचिका किताबहरु संग्रहित गरिएको थियो । बालबालिकाले आफैंले कोरेको चित्र सजावट गरेका थिए ।
