Home मुख्य समाचार कार्यशैली आदानप्रदान गर्न महिला उद्यमी भ्रमणमा

कार्यशैली आदानप्रदान गर्न महिला उद्यमी भ्रमणमा

फाइल तस्विर ।

हेटौंडाः मकवानपुर महिला उद्यमी व्यवसायी संघका पदाधिकारीहरु दुई दिने अध्ययन अवलोकन भ्रमणको लागि आज बिहानै काठमाडौं गएका छन् । संस्था संचालनको अनुभव र कार्यशैलीको आदानप्रदान गर्ने उद्देश्यसहित भ्रमण आयोजना गरिएको हो ।

महिला उद्यमी व्यवसायी संघले आज नेपाल उद्योग बाणिज्य महासंघको पदाधिकारीहरुसँग महिला उद्यमीको विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । यस्तै, आज नै ललितपुर उद्योग वाणिज्य संघ र भक्तपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँग छलफल गर्ने कार्यतालिका रहेको छ । यस्तै, भोली शुक्रबार नेपाल चेम्बर्स अफ कमर्शका पदाधिकारीहरुसँग छलफल गरेर हेटौंडा फर्किने अध्यक्ष शुशिला पाण्डे मानान्धरले जानकारी दिनुभयो । भ्रमणमा मकवानपुर महिला उद्यमी व्यवसायी संघका १५ जना महिला उद्यमीहरु सहभागी छन् ।

Exit mobile version