हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–१२ स्थित सेतीदेवी आधारभूत विद्यालयका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिएको छ । विद्यालयले १, २, ३ र ५ कक्षाको पाठ्यपुस्तक वितरण गरेको जनाएको छ ।
अन्य कक्षाका पाठ्यपुस्तक आउने क्रममा रहेको विद्यालयकी शिक्षक गोमा रानाभाटले जानकारी दिनुभयो । ८ कक्षासम्म पठनपाठन हुने सेतीदेवीमा २ सय विद्यार्थी अध्ययनरत छन् ।
