Home मुख्य समाचार बागमती–५ को वडाध्यक्षमा बिजय भोलन विजयी

बागमती–५ को वडाध्यक्षमा बिजय भोलन विजयी

विजयी उत्सब मनाउँदै ।

हेटौंडाः मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा बिजय कुमार भोलन विजयी हुनुभएको छ । आज सार्वजनिक मत परिणाम अनुसार ६ सय ४७ मत ल्याएर भोलन वडाध्यक्षमा विजयी हुनुभएको हो ।

वडा अध्यक्षका अर्का प्रत्यासी नेकपा एमालेका डिजन लामाले ५ सय ४० र काङ्ग्रेसका तिलक माझीले ४ सय १६ मत प्राप्त गर्नुभयो । बागमती गाउँपालिकाको मतगणना सकिएको ५ वटै वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । यस अघि बागमती १ मा यहुन्ना राई, २ मा जनक पहरी, ३ मा कमान सिं पाख्रिन र ४ मा दन्तलाल माझी विजयी भइसकेका छन् । बागमतीको अहिले ६ नम्बर वडाको मत गणना भइरहेको छ । अब ७, ८ र ९ नम्बर वडाको मत गणना गर्न बाँकी छ ।

Exit mobile version