Home मुख्य समाचार मकवानपुरको मतदान केन्द्रमा खटिने कर्मचारीलाई तालिम

मकवानपुरको मतदान केन्द्रमा खटिने कर्मचारीलाई तालिम

हेटौंडाः आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मकवानपुर जिल्लाको मतदान केन्द्रहरुमा खटिने कर्मचारीहरुलाई तालिम दिन सुरु गरेको छ । आज शुक्रबार हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविमा मतदान केन्द्रमा सहभागी हुने कर्मचारीहरुलाई तालिम दिइरहेको हो ।

तालिममा ३ सय २१ कर्मचारी सहभागी छन् । तालिममा मतदान केन्द्रलाई कसरी व्यवस्थित र सफल बनाउने भन्ने जस्ता विषयहरुमा प्रशिक्षण गराइरहेको छ । यस्तै, मतदान केन्द्रमा खटिने कर्मचारीहरुको जिम्मेवारी र कानुनी प्रक्रिया जस्ता विषयमा प्रशिक्षण दिइएको छ । प्रशिक्षण आज साँझ ५ बजेसम्म चल्ने बताईएको छ । मकवानपुरमा ३ सय ५६ मतदान केन्द्र तोकिएको छ ।

Exit mobile version