Home मुख्य समाचार मातातीर्थ औंसीमा ३३ जनाद्वारा वृद्धाश्रमलाई सहयोग

मातातीर्थ औंसीमा ३३ जनाद्वारा वृद्धाश्रमलाई सहयोग

मानव सेवा आश्रममा खाना खादै ।

हेटौंडाः मातातीर्थ औंसीको अवसरमा हेटौंडा–२ स्थित ओम वृद्धाश्रमलाई सहयोग गरिएको छ । वृद्धाश्रममा आश्रित ३१ जना वृद्धा आमाबुवाहरुका लागि विभिन्न ३३ जना व्यक्तिहरुले २५ हजार ४ सय ६५ रुपैयाँ रकमसहित खाद्यान्नलगायत अन्य सामग्री सहयोग गरेका हुन् ।

आश्रमलाई हेटौंडा–४ निवासी कुमारी कार्कीले आश्रित आमाबुवाको लागि ७ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ । हेटौंडा–२ निवासी बोलगोपाल कँडेलले आश्रमको ओषधी उपचार कोषमा १० हजार रकम सहयोग गर्नुभएको छ । हेटौंडा–४ निवासी वैकुण्ठ श्रेष्ठले खाद्यान्न सहयोग गर्नुभएको छ । यस्तै, हेटौंडा–४ निवासी सकिला बस्नेतले चामल, पिठो, जुस, बिस्कृटलगायत खानेकुरा सहयोग गर्नुभएको छ । हेटौंडा–४ निवासी वीरेन्द्र डीसीले स्वर्गिय आमाको स्मरणमा वृद्धाश्रममा फलफूल वितरण गर्नुभएको छ । हेटौंडा–२ निवासी नारायणप्रसाद लामिछानेले पनि फलफूल तथा मिठाई सहयोग गर्नुभएको छ । हेटौंडा–४ निवासी मनोहर पौडेलले चामल, चिनी, मसलालगायत खाद्यान्न सामग्री सहयोग गनुभएको ओम वृद्धाश्रमका कोषाध्यक्ष फणिन्द्रप्रसाद तिमल्सिनाले बताउनुभयो ।

वृद्धाश्रमलाई अमलेखगञ्ज निवासी रामनाथ रेग्मीले प्रतीक थापाको जन्मदिनमा खाद्यान्न सामग्री चामल, दाल, आलु सहयोग गर्नुभएको छ । हेटौंडा–१ निवासी तारा श्रेष्ठ तथा नारायण श्रेष्ठले आश्रमका लागि खाजाको साम्रगी सहयोग गर्नुभएको छ । हेटौंडा–१ निवासी लक्ष्मी श्रेष्ठले खाद्यान्न सहयोग गर्नुभएको वृद्धाश्रमका कोषाध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो ।

हेटौंडा–१० निवासी श्याम सुनार, हेटौंडा–२ निवासी माया लामा, रौतहट निवासी शोभा भट्टराई, हेटौंडा–१६ निवासी मनमाया ढकाल, मनहरी–९ निवासी हरिप्रसाद नेपाल, हेटौंडा–१० निवासी माया भण्डारीलगायतले पनि आश्रमका लागि खाद्यान्नलगायत फलफूल सहयोग गर्नुभएको छ । मातातीर्थ औंसीको अवसर पारेर शनिबार एकै दिन ३३ जना सहयोगीले आश्रमका लागि आर्थिक तथा खाद्यान्न सहयोग गर्नुभएको वृद्धाश्रामका कोषाध्यक्ष तिमल्सिनाले बताउनुभयो । सहयोग गर्नेहरुले आफ्ना आमाबुवाको स्मृति, जन्मोत्सव र मातातीर्थ औंसीको अवसरमा सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।

२०६४ सालदेखि ओम वृद्धाश्रामले ज्येष्ठ नागरिकलाई आश्रय दिइरहेको छ । समुदायकै अग्रसरतामा स्थापना र सञ्चालन भइरहेको वृद्धाश्रम यस्तै सहयोगी हातहरुबाट प्राप्त सहयोगले चलिरहेको कोषाध्यक्ष तिमल्सिनाले बताउनुभयो । हाल वृद्धाश्रममा ३१ जना वृद्धवृद्धा आश्रित छन् । विभिन्न समयमा वृद्धाश्रममा मृत्यु भएका १७ जनाको दाहसंस्कार गरिएको र १९ जना वृद्धवृद्धाको परिवारमा पुनर्मिलन गराइएको उहाँले जानकारी दिनुभयो ।

Exit mobile version