Home मुख्य समाचार गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन

गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन

गठबन्धनबाट मेयर, उपमेयर, वडा अध्यक्ष र वडा सदस्यका उम्मेदवारहरु सम्पर्क कार्यालयको उद्घाटनमा ।

हेटौंडाः सत्तारुढ दलको गठबन्धन उम्मेदवारले हेटौंडा–२, कांग्रेसचोकमा सम्पर्क कार्यालय उद्घाटन गरेको छ । बुधबार बिहान गठबन्धन दलका नेताहरुको उपस्थितिमा सम्पर्क कार्यालय स्थापना गरिएको हो ।

कांग्रेस नेतृत्वमा २ नम्बर वडामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संलग्न गठबन्धनका उम्मेदवार छन् । नेपाली कांग्रेसबाट वडा अध्यक्षमा विष्णुगोपाल महर्जन, खुला वडा सदस्यमा नेपाली कांग्रेसबाट सुरज बर्तौला, नेकपा माओवादी केन्द्रबाट ईन्द्रप्रसाद रिजाल, महिला सदस्यमा नेकपा एकीकृत समाजवादीबाट तारा ढुंगाना र दलित महिलातर्फ नेपाली कांग्रेसबाट मैया परियार उम्मेदवार हुनुहुन्छ ।

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वडा अध्यक्षका उम्मेदवार विष्णुगोपाल महर्जनले वडामा गुणस्तरीय भौतिक विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य क्षेत्रको सुधारमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । हेटौंडा उपमहानगरपालिकाबाटै सेवानिवृत्त ईन्जिनियर महर्जनले वडालाई उपमहानगरकै नमूना वडाको रुपमा विकास गर्ने योजना आफूसँग भएको पनि बताउनुभयो ।

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता मुनु सिग्देल, नेकपा माओवादी केन्द्रका नेता प्रमिला पुलामी, नेपाली कांग्रेसका नेता अशोक शाक्य, मेयर उम्मेदवार मीना कुमारी लामा, उपमेयर उम्मेदवार राजेश बानियाँको पनि उपस्थिति रहेको थियो ।

Exit mobile version