Home अर्थ/व्यापार विद्युतीय माध्यमबाट सवारी भाडा भुक्तानी प्रणाली लागू गर्ने तयारी

विद्युतीय माध्यमबाट सवारी भाडा भुक्तानी प्रणाली लागू गर्ने तयारी

हेटौंडाः बागमती प्रदेशभित्र यात्रुवाहक सार्वजनिक सवारी साधनहरुमा नगदरहित विद्युतीय माध्यमबाट भाडा भुक्तानी गर्ने सम्बन्धमा प्रदेशभरका यातायात क्षेत्रका सम्बन्धित पक्षसँग बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले छलफल भएको छ ।

छलफलमा सहभागी यातायात व्यवसायी ।

सार्वजनिक यात्रुवाहक सवारी साधनहरुले सरकारले तोकेको भन्दा बढी भाडा लिने भएकाले भाडादरमा एकरुपता ल्याउन बागमती प्रदेश सरकारले विद्युतीय माध्यामबाट भाडा भूक्तानी प्रणाली व्यवस्था गर्ने योजना ल्याएको हो । उक्त भाडा भुक्तानीलाई नगदरहित बनाई विद्युतीय प्रणालीबाट सञ्चालन गर्न विज्ञहरुसँग छलफल गरिएको बताइएको छ ।

यातायात क्षेत्रका सम्बन्धित पक्षसँग छलफल गरिएको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव नेत्र प्रसाद सापकोटाले जानकारी दिनुभएको छ । सचिव सापकोटाका अनुसार राष्ट्रबैंक, केन्द्र र श्रमिकहरुसँगको छलफलपछि योजना टुङ्गो लाग्ने बताउनु भयो ।

Exit mobile version