Home मुख्य समाचार सत्तारुढ गठबन्धनको निर्णयः हेटौंडाको मेयर समाजवादीलाई, उपमेयर कांग्रेसलाई

सत्तारुढ गठबन्धनको निर्णयः हेटौंडाको मेयर समाजवादीलाई, उपमेयर कांग्रेसलाई

हेटौंडाः सत्तारुढ दलबीच हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीबाट उम्मेद्वार उठाउने निर्णय गरेको छ । यस्तै उपमेयरमा नेपाली कांग्रेसबाट उम्मेदवार उठाउने सहमति भएको छ । बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले देशभरका उपमहानगरको भागबण्डा गरेको हो ।

केन्द्रमा गठबन्धन दलको सहमतिप्रति कांग्रेस हेटौंडा उपमहानगर समितिले भने विमति जनाएको छ । बुधबार दिउँसो मात्रै कांग्रेस हेटौंडा उपमहानगर समितिले केन्द्रको सहमतिप्रति ध्यानाकर्षण भएको जनाएको थियो । बुधबार भएको सहमतिमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

Exit mobile version