Home मुख्य समाचार “भिटामिन ए” र “जुकाको औषधि” खुवाउन सुरु

“भिटामिन ए” र “जुकाको औषधि” खुवाउन सुरु

हेटौंडा ९ मा भिटामिन ए तथा जुकाको औषधि खुवाउँदै स्वयंसेविका ।

हेटौंडाः मंगलबार र बुधबार दुईदिन देशव्यापी रुपमा ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाईदैछ । मकवानपुरमा पनि मंगलबारबाट ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई “भिटामिन ए” तथा “जुकाको औषधि” खुवाउने कार्यक्रम भईरहेको छ ।

मकवानपुरमा वितरण केन्द्र मार्फत् स्वास्थ्य स्वयम् सेविकाहरुले “भिटामिन ए” तथा “जुकाको औषधि” खुवाईरहेका छन् । नेपालमा भिटामिन ‘ए’ क्याप्सुल २७ लाख बालबालिका तथा जुकाको औषधि २४ लाख बालबालिकालाई खुवाइने भएको छ । भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र भिटामिन ‘ए’सँगै जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो । भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

Exit mobile version