Home राजनीति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आमसभा गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आमसभा गर्ने

हेटौंडाः स्थानिय तहको निर्वाचन नजिकिँदै गर्दा चुनाव लक्षित गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले आगामी चैत २७ गते आमसभा गर्ने भएको छ । राप्रपा पार्टीका केन्द्रिय अध्यक्ष रजेन्द्र लिङ्देनको उपस्थितिमा आमसभा तथा पार्टी प्रवेश कार्यक्रम हुने पार्टीका केन्द्रीय नेता मधुु अधिकारीले बताउनुभयो ।

स्थानिय तहको निर्वाचन लक्षित कार्यक्रम तयारीको लागी हिजो सोमबार पार्टी कार्यालय हेटौंडामा केन्द्रीय नेता, प्रदेश नेता र जिल्ला पदाधिकारीहरुको बैठकले विभिन्न समिति गठन गरेको छ । आमसभा तथा पार्टी प्रवेश कार्यक्रमको लागि आर्थिक समिति, कार्यक्रम तयारी समिति, प्रचार प्रसार समिति, मन्च व्यवस्थापन समिति, स्वयम् सेवक समिति, यातायात व्यस्थापन समिति र समारोह स्वागत समितिको गठन भएको राप्रपा मकवानपुरका प्रवक्ता बिशभ अधिकारीले बताउनुभयो ।

आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा केन्द्रीय पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यता रहने र केन्द्रीय स्तरका नेताहरु विक्रम पाण्डे, रेखा थापा र ज्ञानेन्द्र शाहि लगायतको उपस्थिति हुने अधिकारीले बताउनुभयो ।

Exit mobile version