बैठकमा आफ्नो धारणा राख्दै मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेति ।

हेटौंडाः जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा स्थानीय तह समन्वय बैठक सोमबार हेटौंडामा बसेको छ । बैठकमा जिससको ५ वर्षको कार्यकालको समीक्षा गरिएको छ ।

स्थानीय तहको समन्वयमा जिससको भूमिका, काम, प्रमुख, उपप्रमुखको काम, दायित्वको विषयमा चर्चा भएको छ । बैठकमा थाहा नगरपालिकाका मेयर लवशेर विष्टले जिससले पारदर्शी र सहयोगिको भुमिका निर्वाह गरेको बताउनुभयो । जिससबाट सधैं स्थानीय तहलाई सकारात्मक उर्जा प्रदान भएको भन्दै बितेको ५ वर्षमा स्थानीय तहलाई सबल र सक्षम बनाउनमा जिससको भुमिका प्रशंसनिय रहेको बताउनुभयो । कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले जिससको भसमिका सहजकारी र सन्तोषजनक रहेको बताउनुभयो ।

यस्तै, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जिससले सधैं अभिभावको भुमिका निर्वाह गरेको बताउनुभयो । कार्यक्रममा ईन्द्रसरोवर गाउँपालिकाकी उपाध्यक्ष उमा लामाले अनुगमन र समन्वयमा जिसस मकवानपुरले अब्बल काम गरेको भन्दै धन्यवाद दिनुभयो । कैलाश गाउँपालिकाकी कार्यबाहक अध्यक्ष सुकुमाया थिङले जिससबाट अनुगमन लगायत विकास निर्माणमा सहजिकरण हुनुका साथै स्थानीय तहलाई सचेत बनाएको बताउनुभयो । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकमा स्थानीय तहको प्रमुख उपप्रमुखको उपस्थिति रहेको थियो ।