हेटौंडाः पछिल्लो २४ घण्टामा मकवानपुरमा १ जनामा कोरोना संक्रमण देखिएको छ । ८ जनाको पिसीआर विधिबाट र १ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ जनाका कोेरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडा १० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा आज ८ जनाले स्वाब संकलन गराएका छन् । कोरोना भए नभएको थाहा पाउन ३ जना महिला र ५ जना पुरुषले स्वाब संकलन गराएका थिए । स्वास्थ्य कार्यालयले आज सार्वजनिक गरेको विवरणअनुसार अहिले मकवानपुर जिल्लामा हाल सक्रिय संक्रमित २ जना रहेका छन् । सबै सक्रिय संक्रमित घरमै होम आइसोलेसनमा उपचाररत छन् ।
