Home अर्थ/व्यापार बैंकद्वारा विद्यालयलाई सिलाई मेशिन हस्तान्तरण

बैंकद्वारा विद्यालयलाई सिलाई मेशिन हस्तान्तरण

हेटौंडाः कृषि विकास बैंक लिमिटेड हेटौंडा शाखाले संथागत सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत हेटौंडा–११, नवलपुरस्थित त्रिभुवन माविलाई सिलाई मेशिन हस्तान्तरण गरेको छ । सोमबार विद्यालयलाई सिलाई मेशिन हस्तान्तरण गरिएको कार्यक्रमका कृषि विकास बैंक कान्तिराजपथ शाखाका वरिष्ठ अधिकृत श्रीकृष्ण पराजुलीले बताउनुभयो ।

बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्य तथा कृषि विकास बैंक लिमिटेड कान्तिराजपथ शाखााका प्रबन्धक नूरप्रसाद गौतमको सभाध्यक्षतामा कार्यक्रम भएको हो । विद्यालयले जीवन उपयोगी शिक्षा दिनुपर्छ भन्ने प्रस्तावलाई बैंकले समर्थन गरी मेशिन हस्तान्तरण गरेको उहाँले बताउनुभयो । विद्यालयमा ६ र ७ कक्षामा प्राविधिक शिक्षा अन्तर्गत सिलाई कटाई अध्ययनरत छात्राहरुका लागि मेशिन प्रदान गरिएको उहाँले बताउनुभयो । भ्याटसहित १ लाख ३७ हजार रुपैयाँ लागतको १० वटा सिलाई मेशिन हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

Exit mobile version