Home विचार महिमा अतुलनीय

महिमा अतुलनीय

रेजा विष्ट कक्षा ९, नवोदय शिशु सदन

शिक्षा नै जीवनको ज्योति
शिक्षा नभई पाइँदैन ज्ञानको मोति

हालको अवस्थामा हामीले पैसा नै सबैकुरा होइन भन्ने कुरा थाहा पाउनु जरुरी छ । तर यो भनाई सँगसँगै बुझ्नुपर्ने यो पनि हो कि पैसा बिना कुनै कुरा हाँसिल गर्न पनि सकिँदैन नि । यस्तै यस्तै फरक विचारहरुमध्ये आफ्ना निम्ति सही गलतको अन्तर पहिल्याउन सक्ने क्षमताको विकास गर्नु शिक्षा हो । शिक्षासँगै जोडिएर आउने शब्द गुरु अर्थात् ती व्यक्ति जसले विद्यार्थीको पठन पठनलाई सहजीकरण गर्ने भूमिका खेल्छन् ।

गुरको अर्थमा कुनै व्यक्तिलाई मात्र समेटिएको हुँदैन । समेटिएका हुन्छन् दीर्घकालीन अनुभव, प्रतीज्ञा, माया, त्याग र अरु थुप्रै गुणहरु । गुरुको यस्ता विशेषताले विद्यार्थीको जीवनलाई सरल पार्ने काम गर्दछ । गुरुको शिक्षाको महत्व विद्यार्थीको जीवनमा अतुलनीय हुन्छ । जीवनका अप्ठ्यारो ओरालोहरुमा गलत पक्षलाई इन्कारी सही पक्षपात गर्ने प्रेरणा गुरुबाट पाइन्छ । इतिहासको गाथाले समेत गुरुको महत्वलाई मनन गरेको छ । आज नाम चलेका इतिहासका सम्पूर्ण चर्चित व्यक्तिहरुले आफ्नो गुरु प्रति अमीर आस्था र विश्वास राखेका छन् । समयको त्यो काल खण्डमा आफ्नो गुरुको महत्व बुझ्ने सिपाहीदेखि भारदारसम्म मनुष्यदेखि देवतासम्मको कथाले गुरुको महिमाको वास्तविक उदाहरण पेश गरेको छ ।

त्यतिमात्र नभएर कुनै महान् व्यक्तिको भनाई अनुसार कुनै राष्ट्रको विनाशका निम्ति परमाणु हतियार वा बलियो शस्त्रको आवश्यकता पर्दैन केवल त्यो राष्ट्रको शैक्षिक प्रणालीलाई टुक्राई दिए पुग्छ । भनाई अर्थप्रष्ट पार्दा, असल गुरुबाट शिक्षा लिनबाट विद्यार्थी विफल भए पनि यो राष्ट्रका नागरिकले सास्ती पाउने छैनन् । राम्रो शिक्षा हासिल गर्न नसकेका डाक्टरले बिरामीको जीवन बर्बाद गर्नेछन् । त्यतिमात्र नभएर गुरुको महत्व नबुझ्ने विद्यार्थीले जीवनमा सफलता पाउनु निकै कठिन चुनौति हो । 

अन्ततः हाम्रा नाना थरी किचकिच सहेर हाम्रो भाविष्य उज्ज्वल पार्न खटेका सम्पूर्ण गुरुवर्ग प्रति हामी आभारी र नतमस्तक हुनुपर्छ । गुरुको त्याग र शिक्षालाई कहिल्यै बिर्सनु हुँदैन । समयले जस्तै अवस्था ल्याएपनि गुरुको आदर र सन्देशलाई मनन गर्दै जीवनमा अगाडि बढ्नुपर्छ । 

Exit mobile version