Home खेलकुद भरतपुर मेयर कप क्रिकेटमा मकवानपुर फाइनलमा

भरतपुर मेयर कप क्रिकेटमा मकवानपुर फाइनलमा


हेटौंडाः चितवनको भरतपुरमा जारी त्रिपक्षिय एकदिवसिय भरतपुर मेयर कप क्रिकेट प्रतियोगितामा मकवानपुरले लगातार दोश्रो विजय हासिल गर्दै फाइनलमा आफ्नो स्थान पक्का बनाएको छ । आज भएको खेलमा मकवानपुरले घरेलु टोली चितवनलाई ४४ रनले पराजित गरेको हो ।

टस जितेर ब्याटिङ गरेको मकवानपुरले ४१ दशमलब १ ओभर मा सम्पुर्ण विकेट गुमाइ २ सय २१ रन बनाएको थियो । ब्याटर शुभ कंशकारले ४१, विशाल फुँयालले ३६, आकाश घिमिरेले ३१ तथा कप्तान राम नरेश गिरिले २५ रनको योगदान गरेका थिए । बलिङतर्फ चितवनका गौतम केसीले सर्वाधिक ३ विकेट लिएका थिए। २ सय २२ रनको लक्ष्य पक्ष्याएको चितवन ३३ दशमलब ४ ओभरमा सम्पुर्ण विकेट गुमाएर १ सय ७७ रनमा सिमित भएपछि मकवानपुरले जीत हासिल गरेको हो ।

बलिङ तर्फ मकवानपुरका रिजन ढकालले ३ तथा रामनरेश गिरि, अशिम श्रेष्ठ र विपुल खनालले समान २/२ विकेट लिएका थिए । कप्तान राम नरेश गिरि प्लेयर अफ द म्याच घोषित भएका छन् । यसअघि हिजो सम्पन्न खेलमा मकवानपुरले नवलपुरलाई १ सय १६ रनले पराजित गरेको थियो । विहिबार हुने फाइनल खेलमा मकवानपुरले नवलपुरको सामना गर्नेछ ।

Exit mobile version