Home मुख्य समाचार कांग्रेस जिल्ला कार्यसमिति सदस्यमा १० जना मनोनित

कांग्रेस जिल्ला कार्यसमिति सदस्यमा १० जना मनोनित

हेटौंडाः नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले १० जनालाई जिल्ला कार्यसमिति सदस्यमा मनोनित गर्नुभएको छ ।

बुधबार सभापति लामाले जिल्ला समिति सदस्यमा प्रभात कुमार दाहाल, रामबाबु बानियाँ, गोपीलाल बिक, अर्जुनप्रसाद चौलागाई, राजु खतिवडा, अर्जुन तिवारी, अञ्जना उपाध्याय, मोमलाल दोङ, भुवनलाल श्रेष्ठ र नुरोज पौडेललाई जिल्ला कार्यसमिति सदस्यमा मनोनित गर्नुभएको हो ।

कांग्रेस मकवानपुर सचिव भीमसेन महतले बुधबार एक विज्ञप्ति जारी गरेर मनोनयन बारे जानकारी दिनुभएको हो । फागुन १५ गते सम्पन्न जिल्ला अधिवेशनबाट बुद्ध लामाको नेतृत्वमा ४८ सदस्यीय कांग्रेस मकवानपुर जिल्ला समिति चयन भएको थियो ।

Exit mobile version