Home मुख्य समाचार एमाले मकवानपुर जिल्ला कमिटीमा २८ जना मनोनित, १३० सदस्यीय सल्लाहकार, ७० वर्ष...

एमाले मकवानपुर जिल्ला कमिटीमा २८ जना मनोनित, १३० सदस्यीय सल्लाहकार, ७० वर्ष कटेकाको ज्येष्ठ कम्युनिष्ट मञ्च

हेटौंडाः नेकपा एमाले मकवानपुर जिल्ला कमिटीको बुधबार बसेको बैठकले २८ जनालाई जिल्ला कमिटीमा मनोनित गरेको छ । नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले प्रौढ, युवा, खेलाडी, विद्यार्थी, महिला, जनजाति, जनवर्गीय संगठनलगायत विभिन्न क्षेत्रबाट समेट्ने गरी जिल्ला कमिटी सदस्यमा मनोनित गरिएको जानकारी दिनुभयो ।

जिल्ला कमिटी सदस्यमा सन्तोष चौलागाई, धरमबहादुर लामा, सुधीर थापा, सुवोध रिमाल, विष्णु चौलागाई, राजन दंगाल, शुभराज थिङ, जगन्नाथ पाण्डे, ईश्वर मैनाली मनोनित हुनुभएको छ । यस्तै शिवहरी दाहाल, सन्तोष पौडेल, सुरेन्द्र विष्ट, नरेन्द्र लाल रिजाल, शालिकराम ढकाल, बखतलाल चेपाङ, रामचन्द्र न्यौपाने, विष्णु ढकाल, कुमारबहादुर केसी, विमला बर्तौला, सरिता परियार लगायत मनोनित भएको जिल्ला अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । बुधबार बसेको बैठकले १३० जनालाई सल्लाहकार चयन गरेको छ ।

७० वर्षभन्दा बढी उमेरका पार्टीका नेताहरुलाई सम्मान गर्ने गरी ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गर्ने, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यको कार्यक्षेत्र विभाजन गरिएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ । बुधबारको जिल्ला कमिटी बैठकमा केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज रामेश्वर राना, केन्द्रीय कमिटी सदस्य जुनेली श्रेष्ठ, कृष्णप्रसाद दाहाल, प्रदेश कमिटी सदस्य अनन्तप्रसाद पौडेल, रघुनाथ खुलाल, बलराम बल लगायतको सहभागिता रहेको थियो ।

Exit mobile version