Home अर्थ/व्यापार हेटौंडा बजारमा विद्युतीय स्कुटरको नयाँ शोरुम

हेटौंडा बजारमा विद्युतीय स्कुटरको नयाँ शोरुम

हेटौंडाः पेट्रोलियम पदार्थको मूल्य पटक–पटक वृद्धि भई उपभोक्ताले चिन्ता व्यक्त गरिरहँदा हेटौंडामा विद्युतीय स्कुटरको नयाँ शोरुम सञ्चालनमा आएको छ । चिनिया कम्पनि याडेको विद्युतीय स्कुटर विक्री गर्ने गरी हेटौंडा–२, चौकीटोलमा वर्षा अटोमोवाइल्स आइतबारदेखि सञ्चालनमा आएको हो ।

६ घण्टामा व्याट्रि फुलचार्ज हुने स्कुटरले ७५ किलोमिटर यात्रा गर्न सकिने बताइएको छ । व्याट्रि फुल चार्ज गर्दा डेढ युनिट मात्रै विजुली खपत हुने कम्पनिको दावी छ । अहिले एउटै मोडलको स्कुटर आएको र मूल्य १ लाख ७० हजार रुपैयाँ रहेको उल्लेख गर्नुहुँदै सञ्चालक सवी भण्डारीले शोरुम उद्घाटनको अवसरमा १० हजार रुपैयाँ छुटको व्यवस्था समेत गरिएको जानकारी दिनुभएको छ ।

Exit mobile version