Home खेलकुद फुटबलका खेलाडी छानिए

फुटबलका खेलाडी छानिए

तस्बीरः गुगल ।

हेटौंडाः प्रथम प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत मकवानपुरका पुरुष फुटबल खेलाडी छनौट भएका छन् । प्रदेश खेलकुद यही फागुन २८ गते हेटौंडामा उद्घाटन हुने र २९ गतेदेखि फुटबल प्रतियोगिता हुने छ ।

प्रशिक्षक विजयलाल श्रेष्ठकाअनुसार छनोट हुनेमा हेटौंडा उपमहानगरपालिकाका अमीर श्रेष्ठ, समिराज थोकर, अनिष देउला, गगन सिलवाल, सन्जिब अर्याल, मनोज विष्ट, सुनिल घलान, विवेक गुरुङ, आकाश कटुवाल, मनोज घलान, पाल्देन लामा, अनिश महर्जन, ललित चौलागाई, गोपी भट्टराई, सुजन खडकी रहेका छन् । यस्तै छनौट हुनेमा थाहा नगरपालिकाका सुमन विष्ट र राजन गोले, भिमफेदीका अर्पन लामा, मनहरीका अविनास खड्का र सुदिप सापकोटा छानिएका हुन् ।

Exit mobile version