Home मुख्य समाचार १० औं वार्षिकोत्सवमा पुस्तकालयलाई १० हजारका पुस्तक

१० औं वार्षिकोत्सवमा पुस्तकालयलाई १० हजारका पुस्तक

हेटौंडाः हेटौंडा–४ स्थित नागासाकी एजुकेशनल एण्ड ट्रेनिङ इन्स्टिच्युटले वार्षिकोत्सवको अवसरमा हेटौंडा–४ स्थित रोशनी पुस्तकालयलाई १० हजार रुपैयाँ बराबरको पुस्तक सहयोग गर्ने भएको छ ।

१० औं वार्षिकोत्सवको अवसरमा पुस्तकालयलाई १० हजार रुपैयाँको पुस्तक सहयोग गर्ने इन्स्टिच्युटका प्रबन्ध निर्देशक शेखर थपलियाले घोषणा गर्नुभयो । आइतबार इन्स्टिच्युटमै सञ्चालक, शिक्षक तथा विद्यार्थीको उपस्थितिमा वार्षिकोत्सव मनाइएको छ । इन्स्टिच्युटले जापान जान चाहने विद्यार्थीका लागि परामर्श तथा सहजीकरण गर्नुका साथै जापानी भाषा कक्षा समेत सञ्चालन गर्दै आएको छ ।

Exit mobile version