Home मुख्य समाचार चरिकोट अस्पताल अब पशुपति चौलागाई स्मृति अस्पताल

चरिकोट अस्पताल अब पशुपति चौलागाई स्मृति अस्पताल

हेटौंडाः बागमती प्रदेश सरकारले दोलखा जिल्लाको चरिकोट अस्पताललाई पशुपति चौलागाई स्मृति अस्पताल नामाकरण गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले अस्पतालको नाम परिवर्तन गर्ने निर्णय गरेको हो ।

बागमती प्रदेश सभा सदस्य चौलागाईको गत बैशाख २८ गते मनमोहन मेमोरियल अस्पतालमा निधन भएको थियो । दोलखा ’ख’ बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित नेता चौलागाई एमालेको पोलिटब्युरो सदस्यसम्म बन्नुभएको थियो । २०५६ सालको निर्वाचनमा दोलखा १ बाट निर्वाचित हुनुभएका चौलागाई २०७० को संविधानसभा चुनावमा समानुपातिक कोटाबाट संविधान सभा सदस्य निर्वाचित हुनुभएको थियो । प्रदेशको चुनावपछि बागमती प्रदेशको मुख्यमन्त्रीको दाबेदार मानिएका थियो ।

यस्तै बिहीबारको मन्त्रीपरिषद् बैठकले प्रदेश स्वास्थ्य वीमा समिति गठन गर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयका सचिवको संयोजकत्वमा
सरकारी बीमा कम्पनिका प्रतिनिधि र निजी बीमा कम्पनिका प्रतिनिधि रहने गरी बोर्ड गठन गरिने प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण शर्मा खनालले जानकारी दिनुभएको छ ।

Exit mobile version