Home मुख्य समाचार एक सातामा वृद्वाश्रमलाई ६६ हजार नगदसहित खाद्यान्न

एक सातामा वृद्वाश्रमलाई ६६ हजार नगदसहित खाद्यान्न

हेटौंडाः हेटौंडा–२, चौकीटोलस्थित ओम वृद्वाश्रमलाई एक साताको अवधिमा ६६ हजार रुपैयाँ नगदसहित खाद्यान्न सहयोग प्राप्त भएको छ । मकवानपुर जिल्लाका विभिन्न स्थानका व्यक्तिहरुले आफ्नो अथवा परिवारका सदस्यको जन्मोत्सव तथा स्मृति दिवसमा आश्रमलाई नगद तथा खाद्यान्न सहयोग गर्ने गरेको आश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठले जानकारी दिनुभएको छ ।

आफ्नै भवन रहेको ओम वृद्वाश्रममा अहिले २५ जना ज्येष्ठ नागरिक आश्रित छन् । हेटौंडा–४ निवासी शान्ति रिजालले ११ हजार एक सय रुपैयाँ, नम्रता रिजालले जन्मदिनको अवसरमा ६ हजार रुपैयाँ सहयोग गरेका छन् ।

हेटौंडा–१० निवासी उमा बस्कोटाले आमाको स्मृतिमा ३ हजार १० रुपैयाँ र हेटौंडा–३ बसामाडी निवासी मीना थोकरले पितृको नाममा २ बोरा चामल, ५ केजी चिनी, दाल ५ केजी र तेल सहयोग गरेको वृद्वाश्रमका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

सन्दिप सागर श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा चाउचाउ, विस्कुट, ५ केजी चिनी र चियापति आधा केजी सहयोग गर्नुका साथै ५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित आजीवन सदस्य बन्नुभएको छ । हेटौंडा—१ निवासी शरदादेवी श्रेष्ठले १० हजार ५ रुपैया“ नगद सहयोग गर्नुभएको जानकारी अध्यक्ष श्रेष्ठले दिनुभयो ।

यसैगरी हेटौंडा— २ निवासी रश्मी बज्राचार्यले सुपुत्र कृष मानन्धरको जन्मदिनको अवसरमा एक छाक खाना र १० हजार ५० रुपैयाँ नगद सहयोग गरेका छन् । हेटौंडा—४ निवासी सम्झना श्रेष्ठले स्वर्गीय आमाको पुण्यतिथिमा ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको उहाँले बताउनुभयो । हेटौंडा—१ चौकीटोल निवासी अम्मिता अर्यालले स्वर्गीय बुबा शिवप्रसाद अर्यालको ६ महिनाको पुण्यतिथिमा २ केजी अंगुर, २ केजी स्याउ, २ प्याकेट चिउरा र एक किलो राजमा सहयोग गरेका छन् ।

हेटौंडा—११ नवलपुर निवासी उमेशलाल श्रेष्ठको ममतामायी माता स्वर्गीय चिरमानी श्रेष्ठको १३ औं दिनको पुण्यतिथिमा ५ केजी गहुँको पिठो, चिउरा एक केजी, जेरी तथा फलफूलसहित एक हजार ५ सय रुपैयाँ नगद सहयोग गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । शान्ता लामाद्वारा सुपुत्री सन्जो लामाको जन्मदिनको अवसरमा २ बोरा चामाल, ६ केजी दाल, ५ लिटर तेल, ८ प्याकेट दालमोठ र ४ प्याकेट कर्नफ्लेक्स सहयोग गरेका छन् । यस्तै भुजा, चाउचाउ, विस्कुट र मकैको च्याँख्ला २ केजी पनि सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।

कालीप्रसाद गण भैंसे ब्यारेकबाट मासको दाल २५ केजी, नुन २० केजी, तेल १० लिटर र एक केजी चियापति सहयोग गरिएको छ । हेटौंडा—९, लामसुरे निवासी कृष्णबहादुर कँडेलले स्वर्गीय श्रीमती सीतादेवी कँडेलको पुण्यतिथिमा ५ प्याकेट बिस्कुट, ५ लिटर दूध, एक कार्टुन फ्रुटी सहयोग गरेका छन् । हेटौंडा—४, गर्दोई निवासी स्वर्णिम भुषालको जन्मदिनको अवसरमा बुबा डोल्पराज भुषालबाट ५ प्याकेट बिस्कुट र दूध ५ लिटर सहयोग गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

Exit mobile version