Home अर्थ/व्यापार मुक्तिनाथ विकास बैंकद्वारा क्याम्पा रंगशालालाई २५ बोरा सिमेन्ट सहयोग

मुक्तिनाथ विकास बैंकद्वारा क्याम्पा रंगशालालाई २५ बोरा सिमेन्ट सहयोग

सहयोग हस्तान्तरण गर्न खेलमैदानमै पुगेका बैंकका प्रतिनिधिसँग पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरे ।

हेटौंडाः मुक्तिनाथ विकास बैंकको वार्षिकोत्सवको अवसरमा बैंकको हेटौंडा शाखाले हेटौंडा–५ मा निर्माणाधिन क्याम्पा रंगशालालाई २५ बोरा सिमेन्ट सहयोग गरेको छ । बैंकका शाखा प्रबन्धक सुदीप लामासहितको कर्मचारीको समूह बुधबार निर्माणाधिन रंगशालामै पुगेर सिमेन्ट हस्तान्तरण गरेको हो ।

बैंकको वार्षिकोत्सव पुस १९ गते नै भए पनि रंगशालामा आवश्यकताअनुसार बुधबार सिमेन्ट हस्तान्तरण गरिएको हो । क्याम्पा रंगशाला निर्माणमा अगुवाई गरिरहेको पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेलाई सिमेन्ट हस्तान्तरण गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने क्रममा समुदायको सक्रियतामा निर्माणाधिन परियोजनामा सहयोग गरिएको मुक्तिनाथ विकास बैंकको हेटौंडा शाखा प्रबन्धक सुदीप लामाले जानकारी दिनुभयो ।

काठमाडौंमा मुख्य कार्यालय रहेको मुक्तिनाथ विकास बैंकको देशभर शाखा तथा सेवा केन्द्र १ सय ६६ वटा रहेको छ । क्याम्पा रंगशालामा अहिले आरसीसी प्यारापिट तथा फलामको प्यारापिट बनाउने कार्य भइरहेको छ । हालै खेलमैदान घेर्ने काम सकिएको छ । दैनिकजसो प्राप्त हुने सहयोगबाट अपेक्षित रुपमा निर्माण कार्य भइरहेको पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिनुभएको छ ।

Exit mobile version