Home खेलकुद प्रदेशमन्त्रीद्वारा क्याम्पा रंगशाला अवलोकन

प्रदेशमन्त्रीद्वारा क्याम्पा रंगशाला अवलोकन

अवलोकनपछि क्याम्पा रंगशालाको अवस्थाका बारेमा मन्त्री दिपेन्द्र श्रेष्ठलाई जानकारी गराइँदै ।

हेटौंडाः बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले क्याम्पा रंगशालाको अवलोकन गर्नुभएको छ । पिप्ले युवा क्लबको अगुवाईमा हेटौंडा–५ मा निर्माण भइरहेको क्याम्पा रंगशालाको आइतबार बिहान मन्त्री श्रेष्ठले अवलोकन गर्नुभएको हो ।

उहाँले स्थानीय, वडा, पालिका तथा प्रदेश स्तरको सहयोगमा रंगशाला निर्माणको काम भइरहेको देख्दा खुसी लागेको बताउनुभएको छ । आफ्नो मन्त्रालयले खेलकुद क्षेत्रलाई बजेट प्रदान गर्न नमिले पनि रंगशाला पछाडी रहेको कर्रा खोलामा बाँध निर्माण गर्न तथा रंगशाला नजिकै पोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आवश्यक बजेट प्रदान गरी सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिनुभयो ।

अध्यक्ष घिमिरेले अहिले रंगशालामा निर्माण भइरहेको सिमेन्टको प्यारापिटमा ढलानको कार्य सकिएकाले त्यसमा इट्टा प्रयोग गरी दर्शक बस्न मिल्ने गरी प्यारापिटलाई पूर्णता दिने तथा स्टेजको दाहिने तर्फ फलामको प्यारापिट निर्माणको काम पनि भइरहेको बताउनुभएको छ । अबको केही दिनमा प्यारापिटको काम सम्पन्न हुने उहाँले बताउनुभयो ।

Exit mobile version