Home मुख्य समाचार विद्यार्थी कुटेको भन्दै शिक्षकलाई कारवाहीको माग

विद्यार्थी कुटेको भन्दै शिक्षकलाई कारवाहीको माग

संकेतिक तस्बिर

हेटौंडाः मकवानवुर बकैया गाउँपालिका वडा—३ स्थित बुद्ध माध्यमिक विद्यालयका शिक्षकले सोही विद्यालयमा अध्ययनरत छात्रलाई निर्घत कुटपिट गरेको भन्दै अनेरास्ववियुले कारवाहीको माग गरिइएको छ । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विदार्थी युनियन (अनेरास्ववियु) मकवनापुरले प्रेस विज्ञप्ती मार्फत विद्यार्थी कुट्ने शिक्षकलाई कारवाहीके माग गरिइएको हो ।

(अनेरास्ववियु) मकवनापुरले जारी गरिइएको प्रेस विज्ञप्ती ।

कक्षा— ९ मा अध्ययनरत छात्र सागर थिङलाई शिक्षक योग बहादुर राईबाट आज निर्घात कुटपिट भएको जनाएको छ । घाइते भएका विद्यार्थीका उपचार भइरहेको र यदि कानुनी अनुसार शिक्षकलाई कारवाही नभए अन्दोलनमा उत्रिने अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले बताउनुभयो ।

Exit mobile version