Home कला के अनर्थ भो र ?

के अनर्थ भो र ?

रेजा विष्ट, ९ नवोदय शिशु सदन

एकलिएका छन्
चौतारी पोलिएर वर
दुख छैन खरानीको
जब पोलिए आफ्नै घर
मिठै लाग्थ्यो, घुटुक्क पिउँथेँ
आश्वासन भएपनि झुटा
टाउको समाई बसेको छु आज
जिन्दगानी आफ्नो बर्मलुट हुँदा

सुखको खोजीमा निस्केको थिएँ
बिर्सेछु सारा अस्तित्व
कुन प्रलोभनमा परेछु कुन्नि
मार्न पुगेछु आफ्नै व्यक्तित्व
रविका किरण पुग्दा नपुग्दै
सुमसुम्याउँथेँ जो माटो
खरानीमा मिसी गएती
बिर्सिए हाम्रा बाटोघाटो

बदलियो समय, बदलिए परिपेक्ष,
पहिरन अनि बदलिए छाना
के के कोरिएछन् कुन्नि भाग्यमा,
यत्रतत्र छरिगए जिन्दगीका पाना
बाझो बारी बाझो खेत
देख्ता मन रुँदो हो
जीवनभर काँध जोत्ने उसकै,
वियोगले नसकी खै केले
यिनको मन छुँदो हो

रगत पसिनाले जोडेको
घर, गोठ आँगन,
साहुको नजरमा छन् रे
बिलासिताको जीवन, मोज गर्नेहरु
आज सहरमा छन् रे
एकलाएर चौतारी, बाझै राखी खेत,
छल्यो आज सनतानले
के अनर्थ भो र ?
टुक्र्याएर आशा सारा,
ढल्यो आज
विश्वासको खम्बा
के अनर्थ भो र ?

Exit mobile version