Home मुख्य समाचार सुरुङमार्ग निर्माण स्थगित गर्ने बागमती प्रदेश सरकारको निर्णय दुर्भाग्यपूर्णः कमल थापा

सुरुङमार्ग निर्माण स्थगित गर्ने बागमती प्रदेश सरकारको निर्णय दुर्भाग्यपूर्णः कमल थापा

हेटौंडाः बागमती प्रदेशको गौरवको आयोजना भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माण कार्य अघि बढ्न सकेको छैन । बागमती प्रदेश सरकारले सुरुङमार्गको टेन्डर निकाल्ने अवस्थामा रहेपनि सरकार परिवर्तन हुँदा सुरुङमार्ग निर्माण यतिबेला अस्तव्यस्त छ ।

यसैसन्दर्भमा राप्रपा नेपालका पूर्व अध्यक्ष कमल थापाले संघीय राजधानी काठमाडौं जोड्ने सुरुङमार्ग निर्माण स्थगित गर्ने वर्तमान प्रदेश सरकारको निर्णय दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा मंगलबार लेख्दै उहाँले सम्बन्धी पक्षको ध्यान जाओस् समेत भन्नुभएको छ ।

‘बागमती प्रदेशको राजधानी हेटौंडा कायम भए पनि राजधानीको लागि आवश्यक शिक्षा, स्वास्थ्, यातायात, शहरी विकास लगायतको पूर्वाधार विकासमा प्रदेश सरकारको उदासिनता उदेकलाग्दो छ ।’ थापाले फेसबुमा लेख्नुभएको छ । समसामयीक विषयमा राप्रपा पूर्व अध्यक्ष थापाले सामाजिक सञ्जालबाट टिप्पणी गर्दै आउनुभएको छ । बागमती प्रदेशको अस्थायी राजधानी हेटौंडा कायम गर्न थापाको भूमिका महत्वपूर्ण मानिन्छ ।

Exit mobile version