हेटौंडाः प्रेस सेन्टर मकवानपुरले जिल्लाका अग्रज पत्रकारहरुलाई औषधी खर्च र महिला पत्रकारहरुलाई सुत्केरी भत्ता प्रदान गर्न कोष स्थापना गर्ने निर्णय गरेको छ । सेन्टरको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अञ्जली थापाले अग्रज पत्रकारहरुको उपचार खर्च प्रदान गर्न कोष स्थापना गर्ने निर्णय गरिएको बताउनुभयो । यसैगरी सुत्केरी अवस्थामा काम गर्न नसक्ने र आर्थिक समस्या पर्ने भन्दै सुत्केरी भत्ता दिने निर्णय गरेको जनाएको छ । प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न बैठकमा प्रेस सेन्टर वाग्मती प्रदेश अध्यक्ष यदु गौतम, पत्रकार महासंघ केन्द्रिय सदस्य सुनिल खड्का, पत्रकार महासंघ वाग्मती प्रदेश समितिका महासचिब कृष्णसारु मगरको पनि उपस्थिति रहेको थियो ।
