Home मुख्य समाचार बागमती प्रदेशसभामा प्रतिपक्ष दलहरु एकजुट

बागमती प्रदेशसभामा प्रतिपक्ष दलहरु एकजुट

हेटौंडाः बागमती प्रदेशमा सत्तारुढ दलहरु बाहेकका प्रतिपक्ष दलहरु एकजुट भएका छन् । प्रमुख प्रतिपक्ष दलको भूमिकामा भएको एमालेले आज बोलाएको सर्वदलिय बैठकमा सरकालाई खबरदारी गर्ने, सरकारको गलत क्रियाकपालमा सम्पूर्ण प्रतिपक्ष दलहरु एकै स्थानमा उभिने बताएका छन् ।

बुधबार एमाले संसदीय दलको कार्यालयमा बसेको सर्वदलिय बैठकमा नेमकिपाका सांसद सुरेन्द्रराज गोसाई, विवेकशील साझाका रमेश पौडेल, विराजभक्त महर्जन, राप्रपाकी रिना गुरुङ, रिता माझी लगायत एमाले बागमती प्रदेशको संसदीय दलको नेता अष्टलक्ष्मी शाक्य, पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थिति थियो ।

सर्वदलिय बैठकले प्रमुख प्रतिपक्षहरु एक भएको सन्देश समेत दिएको छ । प्रतिपक्षको भूमिका रहेका सबै दलहरुलाई समेटेर एमालेले संसद अवरुद्ध गर्ने लगायत साझा अवधारणा बनाएर अघि बढ्ने निष्कर्श निकालेको एमाले प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिनुभयो ।

Exit mobile version