Home मुख्य समाचार भाईको कुटाईले कैलाशका नन्दरेको ज्यान गयो

भाईको कुटाईले कैलाशका नन्दरेको ज्यान गयो

साङ्केतिक तस्बिर गुगल

हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिका–६ मा दाजुभाई बीच कुटाकुट हुँदा एक जनाको ज्यान गएको छ । ३० वर्षीय सिताराम मोक्तान र ३३ वर्षीय नन्दरे मोक्तानबीच कुटाकुट हुँदा नन्दरेको ज्यान गएको हो । आइतबार दिउँसो ३ बजेतिर उनीहरु बीच कुटाकुट भएको थियो ।

घटनामा संलग्न सिताराम मोक्तानलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्र्यालय मकवानपुरका प्रहरी निरीक्षक देवन्द्र दासले जानकारी दिनुभयो । मृतक नन्दरेको शव अहिले पोष्टमार्टमका लागि हेटौंडा अस्पातालमा ल्याउने कार्य भइरहेको दासले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

Exit mobile version