Home मुख्य समाचार उपमहानगरको अभिभावकत्वमा हेटौंडामै कानुनको स्नातक तहको अध्यापन तयारी

उपमहानगरको अभिभावकत्वमा हेटौंडामै कानुनको स्नातक तहको अध्यापन तयारी

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा पनि कानुन विषय अध्ययनका लागि विद्यार्थीको रुचि बढेको छ । हेटौंडा—२ स्थित सिद्वार्थ माविमा कक्षा ११ र १२ मा कानुन संकायमा अध्यापन सुरु भएसँगै अध्ययनका लागि विद्यार्थीको रुचि बढेको सिद्वार्थ माविका प्रधानाध्यापक मोहनप्रसाद शर्माले बताउनुभयो ।

कानुन विषय अध्यापन हुने बस्तीपुरमा रहेको निर्मल माविमा पनि कक्षा ११ र १२ मा कानुन संकाय पढ्ने विद्यार्थीको संख्या बढेको बताइएको छ । कानुन संकायमा विद्यार्थीको रुचि बढेपछि विद्यालय तथा विद्यार्थीहरुले मकवानपुरका क्याम्पसहरुलाई स्नातक तहमा कानुन संकाय अध्यापन सुरुवात गर्न आग्रह गरेका थिए ।

मकवानपुर जिल्लामा कानुन संकायको स्नातक तहको अध्यापन नहुँदा कक्षा १२ पास गरेका विद्यार्थीलाई कहाँ पढ्ने भन्ने अन्यौता हुने गरेको छ । कानुन संकायमा स्नातक तह अध्ययनका लागि बुटवल जानुपर्ने बाध्यता विद्यार्थीलाई परेको शर्माले बताउनुभयो । जसले विद्यार्थीलाई मानसिक तनाव सिर्जना हुने गरेको बताउनुभयो ।

खानपान, रहनसहन र हावापानीअनुसार पनि विद्यार्थीलाई प्रभाव परेको शर्माले बताउनुभयो । कोठा भाडामा बस्न आर्थिक समस्या हुने र परिवारसँग अलग भएर बस्नुपर्ने कारण विद्यार्थीलाई स्नातक तह अध्ययनका लागि समस्या हुने गरेको उहाँले बताउनुभयो । तर विद्यार्थीले कानुन संकायमै अध्ययनका लागि निरन्तर चासो देखाएकोले हेटौंडामै कानुन विषयको स्नातक तहको पठनपाठन गराउन माग गरिएको उहाँले जानकारी दिनुभयो ।

विविध कारणले जिल्लामा कानुन विषय अध्यापन हुन सकेको थिएन । सिद्वार्थमै आर्थिक वर्ष २०७८÷७९ मा स्नातक तहमा एलएलबी विषय अध्ययन हुने शर्माले बताउनुभयो । हेटौंडा—१ स्थित चौकीटोलमा रहेको सिद्वार्थ मावि ब्लाक ‘ग’मा स्नातक तहमा बीए एलएलबी पठनपाठन हुने शर्माले जानकारी दिनुभयो ५० या १०० जना सिटमा विद्यार्थीलाई समेट्ने भन्ने विषय भने टुंगो नभएको बताउनुभयो । क्याम्पसले भने एक सय जना विद्यार्थीको सिटका लागि प्रस्ताव गरिएको बताउनुभयो ।

स्तानक तहमा कानुन विषय अध्ययन गर्न चाहने विद्यार्थीका लागि उपमहानगरले अभिभाकत्व ग्रहण गनेै शिक्षा विकास महाशाखाका शिक्षा अधिकृत रामचन्द्र खड्काले बताउनुभयो । कानुन विषय अध्ययन गर्ने विद्यार्थीका गतिविधि तथा कार्यक्रम सञ्चालनका लागि उपमहानगरले अभिभावकत्व ग्रहण गर्नुपर्ने उहाँले बताउनुभयो । उपमहानगरको समन्वय तथा निगरानी र लुम्बिनी विश्वविद्यालयसँग सहकार्यमा स्नातक तहमा बीएएलएलबी विषय अध्ययन हुने बताउनुभयो ।

स्थानीय तहको समझदारी तथा अनुमतिबिना कानुन विषय अध्यापन गर्न पाइँदैन । अध्यापनका निम्ति सम्झौता भएपनि केही प्रक्रियाका कारण पठनपाठन कार्य अघि बढाउन समय लाग्ने शर्माले बताउनुभयो । बीएएलएलबी विषय अध्ययन ५ वर्षको कोर्ष हुन्छ । उपमहानगरले पनि आफ्ना क्षेत्र तथा पालिका आसपासमा रहेका विश्वविद्यालयले कानुन संकायको बीए एलएलबीमा अध्ययन गर्न चाहने विद्यार्थीको अभिभाकत्व ग्रहण गर्ने मंसिर १६ गते बसेको बोर्ड बैठकले निर्णय गरेको जनाएका थिए ।

Exit mobile version