सांकेतिक तस्विर ।

हेटौंडाः लागूऔषध गाँजासहित २ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । आइतबार मनहरी र राक्सिराङबाट दुईजनालाई लागूऔषध गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आइतबार बिहान १० बजेर १५ मिनेटको समयमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी–७ बाट ५ केजी लागूऔषध गाँजासहित राक्सिराङ गाउँपालिका–२ का २७ वर्षीय विनोद मोक्तानलाई पक्राउ गरेको हो ।

यस्तै आइतबार नै दिउँसो साढे १ बजेको समयमा प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरी टोलीले राक्सिराङ–५, बासढुंगाबाट कैलाश गाउँपालिका–८ का १८ वर्षीय लोकमान घलानलाई ३ केजी लागूऔषध गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई प्रहरीले हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।