Home मुख्य समाचार बागमती प्रदेश कांग्रेस अधिवेशनः जगदिश नरसिंह केसीको प्यानल घोषणा

बागमती प्रदेश कांग्रेस अधिवेशनः जगदिश नरसिंह केसीको प्यानल घोषणा

नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा उम्मेदवारी घोषणा गर्नुहुँदै जगदिश नरसिंह केसी (बीचमा) ।

हेटौंडाः नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बिहीबारबाट हेटौंडामा बागमती प्रदेशको अधिवेशन सुरु भएको छ । बिहीबार दिउँसो हेटौंडा–१० स्थित वनविज्ञान क्याम्पसको खेलमैदानमा उद्घाटन सत्रपछि साँझ जगदिश नरसिंह केसीले प्रदेश सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ । हेटौंडा–५ स्थित हेटौंडा रिसोर्टमा पत्रकार सम्मेलनको आयोजना गरेर केसीले आफ्नो प्यानलको घोषणा गर्नुभएको हो ।

केसी समूहबाट उपसभापतिमा मोहनबहादुर बस्नेत र राजेन्द्र बुर्लाकोटी, महामन्त्रीमा माइकल रामचन्द्र अर्याल र कञ्चन वादे श्रेष्ठको उम्मेदवारी घोषणा गरिएको छ । आफ्नो समूहको उम्मेदवारी घोषणा गर्नुहुँदै केसीले उद्घाटन कार्यक्रममा आयोजक समितिले कुनै एउटा समूहको प्रचार गरेको भन्दै असन्तुष्टी व्यक्त गर्नुभयो । अधिवेशन प्रतिनिधिले विवेक प्रयोग गर्ने विश्वास व्यक्त गर्नुहुँदै केसीले प्रतिनिधिको विवेकलाई कसैले बन्धक बनाउन नसक्ने दावी गर्नुभयो ।

संस्थापन इतर भए पनि आफ्नो समूह सशक्त रहेको जीकिर गर्नुहुँदै केसीले आफ्नो समूहले कांग्रेसलाई विचार, आदर्श र निष्ठाको राजनीतिक दलको रुपमा स्थापित गर्ने बताउनुभयो । अधिवेशन उद्घाटनस्थलमा निर्वाचन आचारसंहिता विपरित उम्मेदवारको प्रचार गरिएको भन्दै केसीले आलोचना गर्नुभएको छ ।

Exit mobile version