हेटौंडाः नेपाली कांग्रेसको बागमती प्रदेश समितिको अधिवेशन आज बिहीबार हेटौंडामा सुरु हुँदैछ । हेटौंडा–१० स्थित वनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा प्रदेश अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने हुनेछ ।

प्रदेश अधिवेशनमा नेपाली कांग्रेस मकवानपुरका सभापति समेत रहनुभएका बागमती प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेश सभापति पदमा उम्मेदवारी दर्ता गराउने हुनुभएको छ । बानिया“ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा समूहबाट उम्मेदवार बन्दै हुनुहुन्छ । यस्तै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट बागमती प्रदेश सभापतिमा जगदीश्वर नरसिंह केसीले पनि उम्मेदवारी दिनुहुने भएको छ ।

नुवाकोट जिल्लाका पूर्वसभापति केसीलाई पौडेल समूहले सभापतिमा उम्मेदवार बनाउने निर्णय गरेको हो । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट नेता भीमसेनदास प्रधानले उम्मेदवारी घोषणा गर्नुभएको छ ।