Home मुख्य समाचार मकवानपुर प्रहरी प्रमुख गुरुङको १७ बुँदे प्राथमिकता

मकवानपुर प्रहरी प्रमुख गुरुङको १७ बुँदे प्राथमिकता

हेटौंडाः मकवानपुर प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्र बहादुर गुरुङले पत्रकारसँग भेटवार्ता गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालयमै बुधबार मकवानपुरका पत्रकारसँग भेटवार्ता गर्नुहुँदै प्रहरी प्रमुख गुरुङले मकवानपुरको सुरक्षा व्यवस्था कायम राख्न १७ बुँदे प्राथमिकताको सूचि प्रस्तुत गर्नुभएको छ ।

एसपी गुरुङले छिटो, सरल, समान र नागरिकमुखी सेवा प्रवाह गरिने बताउनुहुँदै आपराधिक क्रियाकलापलाई कठोरताका साथ नियन्त्रण गर्न विवेकपूर्ण कदम चालिने बताउनुभयो । मकवानपुरसँग सिमाना जोडिएका जिल्लाबाट हुने चोरी, निकासी नियन्त्रणमा कडा कदम चाल्ने उहा“ले बताउनुभयो । घरेलु मदिरा, यौनजन्य क्रियाकलाप, जुवातास, चोरी, लुटपात र बजारमा हुने कालोबजारी नियन्त्रण गर्नु पनि आफ्नो प्राथमिकताको सूचिमा रहेको गुरुङको भनाइ छ ।

Exit mobile version