Home मुख्य समाचार माओवादी हेटौंडा उपमहानगर सम्मेलन भोलि हुँदै

माओवादी हेटौंडा उपमहानगर सम्मेलन भोलि हुँदै

हेटौंडाः नेकपा माओवादी हेटौंडा उपमहानगरको सम्मेलन भोलि सोमबार हुने भएको छ । मकवानपुरको १० वटै स्थानीय तहको सम्मलेन मंसिर १३ गतेभित्र सम्पन्न गर्ने जिल्लाबैठकले निर्णय गरेको थियो । आइतबार थाहा नगरपालिकामा माओवादीको नगर सम्मेलन सम्पन्न भइसकेको छ ।

अब हेटौंडा उपमहानगरसहित बाँकी ९ वटा स्थानीय तहको सम्मेलन गर्ने तयारी भइरहेको माओवादी केन्द्र मकवापनुरका प्रचार विभाग प्रमुख कमान सिं पाख्रिनले जानकारी दिनुभयो ।

Exit mobile version