Home मुख्य समाचार आश्रामलाई खाद्यान्न वितरण, सेनेटरी प्याड बनाउने तालिम सुरु

आश्रामलाई खाद्यान्न वितरण, सेनेटरी प्याड बनाउने तालिम सुरु

हेटौंडाः जेसीआई हेटौंडा लेडी जेसीज सप्ताह २०२१ अन्तर्गत तेस्रो दिन खाद्यान्न वितरण तथा सेनेटरी प्याड बनाउने तालिम भएका छन् । हेटौंडा—१५ स्थित दिव्य सेवा निकेतनमा आश्रित बृद्वबृद्वा बुबाआमालई खाद्यान्न वितरण गरिएको हो । कार्यक्रम पुष्पा क्षेत्रीको संयोजत्वमा भएको थियोे ।

लेडीका पूर्व अध्यक्ष रश्मि बस्नेतले सहयोगबाट खाद्यान्न वितरण भएको हो । यसैगरी हेटौंडा—९ मा दुई दिवसीय घरेलु सेनेटरी प्याड बनाउने तालिम सुरु भएको छ । तालिममा २८ जनाको सहभागिता रहेका छन् । जयन्ती श्रेष्ठको संयोजत्वमा तालिम भएका हो ।

Exit mobile version