Home मुख्य समाचार एमालेले चितवनमा हुने महाधिवेशनको जानकारी दिन हेटौंडामा गर्‍यो मोटरसाइकल र्‍याली

एमालेले चितवनमा हुने महाधिवेशनको जानकारी दिन हेटौंडामा गर्‍यो मोटरसाइकल र्‍याली


हेटौंडाः एमाले मकवानपुरले चितवनमा मंसिर १० देखि १२ गतेसम्म हुने १० औं राष्ट्रिय महाधिवेशनको जानकारी दिन हेटौंडामा बृहत मोटरसाइकल र्‍यालीको आयोजना गरेको छ । आज हेटौंडाको हुप्राचौरबाट सुरु भएको मोटरसाइकल र्‍याली एचआइडी, गौरीटार, चौघडा, कान्तिराजपथ, मानस चोक हुँदै सिमाचोकमा आएर समापन हुनेछ । र्‍यालीमा १ हजार मोटरसाइकल रहेको थियो ।

र्‍यालीमा बागमती प्रदेशको पूर्व मुख्यमन्त्री डोरमणि पौडल, जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलाल, एमाले मकवानपुरका अध्यक्ष बद्रि लम्साल लगायत २२ जनवर्गिय संगठनहरुको उपस्थिति रहेको थियो ।

Exit mobile version